फिल्म ‘लुकामारी’ को रमाईलो ट्रेलर रिलिज भएको छ । शुक्रबार साँझ सार्वजनिक भएको यो फिल्मको ट्रेलरलाई युवट्युवमा २५ हजारले भिजिट गरेका छन् । चौविस घण्टा नबित्दै युवट्युव भएको यो भिजिटरको संख्या राम्रो हो ।

saugat-karma-in-lookamari copy
श्रीराम दाहालले निर्देशन गरेको ‘लुकामारी’ मा सौगात मल्ल, कर्म, रिस्ता बस्नेत, सुरविना कार्की, विक्रम सिंह ठाकुर, कृष्णभक्त महर्जन, जेवी डिसी, प्रभान भूषालको अभिनय रहेको छ । सौगात र कर्मले यसअघि ब्ल्कबस्टर फिल्म ‘लुट’ र ‘हाइवे’ मा एकसाथ अभिनय गरेका थिए । यी दुई फिल्महरुपछि सौगात र कर्मले पहिलो पटक पर्दा सेयर गरेका हुन् । सुरजमान सिंह भण्डारीले निर्माण गरेको ‘लुकामारी’ असार १० गतेदेखि प्रदर्शनमा आउँदैछ । ट्रेलर हेर्नुस् :

For More videos Log on to Mazzako TV