‘ब्लु कार्पेट’ प्रिमियरमा पानी परेपछि (हेर्नुस् मज्जाका १० तस्बिरहरु)
गोपिकृष्ण मुभिजले आयोजना गरेको फिल्म होमवर्कको प्रिमियर वर्षाका कारण केही प्रभावित बन्न पुग्यो । वर्षा भएपछि सेलिव्रेटीहरु छाता ओढेर र पानीमा रुझ्दै ब्लु कार्पेट वाक गर्न बाध्य भए । गोपिकृष्ण प्राङ्गनको देखिएको यो दृश्य मज्जाकै थियो । नायिका नम्रता श्रेष्ठ, आश्मा डिसी, नम्रता सापकोटाले छाता ओढ्दै ‘ब्लु कार्पेट’ नापे भने पुर्व मिस नेपाल उषा खड्गी दम्पती कोटको ओत लाग्दै ‘होमवर्क’ हेर्न हल पसे ।
आर्यन सिग्देल र पत्नी सपना भण्डारी प्रिमियरमा आउँदा भने पानी रहि सकेको थियो ।
यता नायिका जेनिशा केसीले पानीमा रुझ्दै फोटो सेसन गराइन् । अभिनेत्री रुपा राना, नायिका केकी अधिकारी, रिमा विश्वकर्मा, पूजा शर्मा, कलाकारहरु दीपकराज गिरी, गौरव पहारी, सलोन बस्नेत पनि पानीमा रुझ्दै हल गए ।
‘के म तिम्रो होइन र’ का निर्देशक आकाश अधिकारी, नायक आर्यन अधिकारी, निर्माता सुरेश अधिकारी, निर्माता तथा कलाकार केशव भट्टराई, गायक युवराज चौंलागाईं, नायिका पूजना प्रधान पनि सिमसिमे पानी रुझ्दै होमवर्कको प्रिमियरमा पुगेका थिए । ‘होमवर्क’ प्रिमियरमा फिल्मकर्मीको बाक्लो उपस्थिति रह्यो । क्यामेरापर्सन कमल प्रसाईंको क्यामेरामा कैद भएका ‘होमवर्क’ प्रिमियरका १० मज्जाका तस्बिरहरु हेर्नुस् :