‘होमवर्क’ प्रिमियरमा आर्यन पत्नी सहित पुग्दा नम्रता प्रेमी लिएर पुगिन् (फोटो फिचर)
फिल्म ‘होमवर्क’ को भव्य प्रिमियर गरिएको छ । चावाहिलस्थित गोपिकृष्ण हलमा आयोजना गरिएको निरक पौडेल निर्देशित फिल्मको प्रिमियरमा नायक आर्यन सिग्देल पत्नी सपना भण्डारी सहित उपस्थित भएका थिए भने नायिका नम्रता श्रेष्ठ प्रेमी दावा शेर्पा सहित पुगेकी थिइन् । दौरा सुरुवाल र कोटमा सजिएका आर्यन सपनालाई कारमा लिएर फिल्म सुरु भएपछि गोपिकृष्ण हलको प्रिमियर शोमा पुगेका थिए । होमवर्क हेरेपछि आर्यन पत्नीले आफुलाई आर्यनको वृद्ध पात्र हरिकृष्ण मन परेको बताइन् । आर्यन पत्नीले छोटकरीमा भनिन्, ‘उहाँ भर्सटायल हो भन्ने प्रमाणित भएको छ ।’
यता कोट पाईन्टमा ठाँटिएका नम्रताका प्रेमी शेर्पा भने प्रिमियर शो भरी नै मिडियासँग तर्किए । उनले आफ्नो तस्बिर समेत मिडियालाई सहज रुपमा खिच्न दिएनन् । यस्तै निर्देशक निरक पौडेल पनि पत्नी सहित प्रिमियरमा सहभागी भएका थिए । अभिनेत्री गौरी मल्ल सहित थुप्रै फिल्मकर्मी ‘होमकर्व’ प्रिमियरमा सहभागी थिए । शिक्षाको महत्वलाई दर्शाइएको फिल्म होमवर्क को ब्लु कार्पेट प्रिमियर वर्षाका कारण केही प्रभावित हुन गएको थियो । प्रिमियरमा सहभागीले ‘होमवर्क’लाई राम्रो भन्ने प्रतिक्रिया दिए ।
आर्यनको दोहोरो भूमिका रहेको ‘होमवर्क’ जेठ ७ गतेदेखि देशभरबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा आर्यन सहित गौरी मल्ल, नम्रता श्रेष्ठ र जिपी तिमल्सिनाको अभिनय रहेको छ । ‘होमवर्क’ प्रिमियरका केही झलकहरु तस्बिरमा हेर्नुस् :
तस्बिर : कमल प्रसाईं
For More videos Log on to Mazzako TV