फिल्म ‘कालो पोथी’लाई फ्रान्सेली फिल्म वितरण कम्पनी वाइड म्यानेजमेन्टले १४ करोडमा पाइरेसी बिमा गरिदिएको छ । निर्देशक मीन भामका अनुसार सम्भावित पाइरेसीबाट बच्न उक्त सेल्स एजेन्ट कम्पनीले इन्सुरेन्स गरिदिएको हो । सोही कम्पनीले नेपाल र भारत बाहेक विश्वव्यापी वितरण अधिकार पनि लिएको छ । ‘बढ्दो पाइरेसीलाई रोक्नका लागि सतर्क छौं र भइहाले क्षति हुन नदिन पूर्ण तयारी पनि छ’ निर्देशक भामले भने ।

Min Bahadur Bham - Kalo Pothi new

केही महिनायता मात्रै चलेका ५ नेपाली फिल्म पाइरेसीको मारमा परेका छन् । साढे तीन करोड बजेटको फिल्म कालो पोथी जर्मनी, फ्रान्स र स्वीटजरल्यान्ड समेतको संयुक्त लगानी छ । जेठ २१ गते रिलिज हुने फिल्मले शशस्त्र युद्धताको परिवेशमा दुई बालकको मित्रताको कथा पेश गर्छ । निर्देशक भाम र अभिनाष विक्रम शाहीको संयुक्त पटकथा एंव संवाद रहेको फिल्म ‘कालो पोथी’ मा खडगराज नेपाली, शुक्रराज रोकाय, जितबहादुर मल्ल, हन्सा खड्का, वेनिशा हमाल, नन्द प्रसाद खत्री, विपिन कार्कीर प्रियंका खतिवडाको मुख्य भूमिका रहेको छ ।

For More videos Log on to Mazzako TV