अभिनयमा प्रशंसित ऋचा लगालग असफल किन ?
०७२ सालको अन्त्यमा ‘को आफ्नो’ फिल्म मार्फत दर्शकमाझ आएकी नायिका ऋचा शर्मा वर्ष ०७३ को सुरुवातमै भने लगागत दुई फिल्म लिएर दर्शकमाझ आइन् । गएको सालको फागुनमा प्रदर्शनमा आएको फिल्म ‘को आफ्नो’ अनि बैशाखको दोश्रो र तेश्रो साता प्रर्दशनमा आएका दुई फिल्महरु ‘जंगे’ र ‘बाटो मूनिको फूल २’ मा ऋचाले निभाएको भूमिका र अभिनयको राम्रो चर्चा अनि प्रशंसा भयो ।
तर, ऋचाका यी तीन फिल्महरुले व्यापारिक रुपमा भने अब्बलको व्यापार गर्न सकेनन् । फिल्म को आफ्नो कतिपय मल्टिप्लेक्सबाट प्रदर्शन भएको पहिलो शोबाटै उत्रियो भने ‘जंगे’ ले अल नेपालबाट दश लाख पनि नेट रकम उठाउन नसकेको रिपोर्ट छ । फिल्म ‘बाटो मूनिको फूल २’ ले पनि नेपालबाट लगानी सुरक्षित गर्न असफल रह्यो । यसअर्थ भूमिका र अभिनयमा प्रशंसित ऋचा व्यापारिक रुपमा भने असफल भैरहेकी छन् । आखिर किन ? कतै ऋचाको फिल्म छनोट पो गलत हो कि ?
For More videos Log on to Mazzako TV