स्व.श्रीकृष्ण श्रेष्ठ अभिनित सुपरहिट फिल्म ‘सुख दुःख’को सिक्वेल बन्ने भएको छ । स्व.शिव रेग्मी निर्देशित एक दशक अगाडी प्रदर्शनमा आएको यो फिल्मलाई ‘सुख दुःख रिटन्र्स’ नाम दिएर सत्यराज चौलागाईंले निर्देशन गर्ने भएका हुन् ।

sukha-dukha-sequle
एस.पी मुभी मेकरको ब्यानरमा ‘सुख दुःख रिटन्र्स’ निर्माण हुने निर्देशक चौंलागाईले जानकारी दिए । आधा दर्जन बढी नेपाली फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरेका चौलागाईंले निर्देशन गर्ने पहिलो फिल्म ‘सुख दुःख’को सिक्वेल हुनेछ । सुरज प्रधानको लगानीमा प्रदिप चौधरीको लेखन रहेको फिल्ममा बादल लिम्बुको सङ्गीत रहनेछ । मुख्य कलाकार तथा प्राविधिक छनोट चरणमा छन् । एस.पी मुभी मेकरको ब्यानरमा नै निर्माण भएको सुख दुःखमा स्व.श्रीकृष्ण सहित नायिका झरना थापा, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको अभिनय रहेको थियो । अब सिक्वेलमा को को होलान् त ?

For More videos Log on to Mazzako TV