‘सयपत्री’ सुटिङमा सुरजसिंह एक्कासी अस्वस्थ भएपछि…
अभिनेता सुरजसिंह ठकुरी फिल्म ‘सयपत्री’ सुटिङ्गमा अस्वस्थ भएका छन् । बिहान एक्कासी सुरज अस्वस्थ भएपछि उनलाई हस्पिटल भर्ना गर्नु परेको थियो । त्यहाँको नमस्ते हस्पिटलमा भर्ना गरी स्लाईन समेत चढाउनु परेको सयपत्रीका मिडिया संयोजक सञ्चारकर्मी दिनेश सिटौलाले बताए ।
‘अहिले अवस्था सामान्य छ’, मिडिया संयोजक सिटौलाले भने, ‘साँझदेखि उहाँ सुटिङ्गमा जानुहुन्छ ।’ सुरज एक्कासी अस्वस्थ भएपनि ‘सयपत्री’ को सुटिङ्ग भने रोकिएन । ववी भूपाल सिंह निर्देशित फिल्ममा सुरजको अपोजिटमा नव नायिका आकांक्षा कार्की प्रस्तुत भएकी छन् । विगत दश दिनदेखि पोखरामा ‘सयपत्री’को छायाँकन चलिरहेको छ । फिल्म आर्मी योद्धाको मनोभावमा आधारित छ । फिल्मका निर्माता सुनिल कुमार श्रेष्ठ हुन् ।
For More videos Log on to Mazzako TV