मधुसँग खटपटको खबर बाहिरिएछि राजेशले फेसबुकमा यस्तो गरे
महानायक राजेश हमालको पत्नी मधु भट्टराईसँग खटपटको खबर बाहिरिएको थियो । यो खबर भाईरल भएसँगै महानायक हमालले आफु र पत्नी भट्टराईको संयुक्त तस्बिरलाई फेसकुकको कभर फोटो बनाएका छन् । यो भन्दा पहिले हमाल एक्लैको कभर फोटो थियो, प्रोफाईलमा अहिले पनि उनी एक्लैको छ ।
बैवाहिक सम्बन्धमा खटपटको खबर बाहिरिनु र राजेशले फेसबुक कभरमा आफु र पत्नी भट्टराईको तस्बिर राख्नुले उनीहरु बिचको सुमधुर सम्बन्ध कायम छ भन्ने बुझ्न सकिन्छ । लामो समय देखि राजेश अमेरिकामा बस्नु र पत्नी नेपालमै रहनुले उनीहरुबिचको सम्बन्धमा खटपट आएको अड्कल काट्दै केही अनलाईन मिडियाले समाचार तयार गरेका थिए ।
उसो त राजेश र मधुबिच खटपटको झुठो खबर पहिला पनि सार्वजनिक भएका थिए । प्रायः जसो सार्वजनिक कार्यक्रमहरुमा सँगै देखिने राजेश र मधुले यस्ता खबरलाई टार्दै आइरहेका थिए । फेसबुकमा संयुक्त कभर फोटो अपलोड गरेर राजेशले यस पटकको खटपटको खबरलाई पनि झुठो सावित गरिदिएका छन् । तर, फेसबुकमा फोटो राख्दैमा दम्पत्तीबिच खटपट नै उत्पन्न भएन भनेर ठोकुवा गर्न भने नमिल्ला । उखान नै छ नि, ‘लोग्ने स्वास्नीको झगडा परालको आगो !’