पत्नी मधु भट्टराईसँग महानायक राजेश हमालको सम्बन्धमा खटपट आयो भन्ने खबर केही अनलाईन मिडियामा प्रकाशित भएका छन् । अमेरिकामा रहेका महानायक हमाल र नेपाल रहेकी हमाल पत्नी भट्टराईबिच के बैवाहिक सम्बन्धमा खटपट आएकै हो त ? यसको जवाफ उनीहरुसँग नै छ । तर, राजेश र मधुको बैवाहिक सम्बन्धमा आएको खटपटको समाचारले हाँस्य अभिनेत्री दिपाश्री निरौलालाई भने तनाव दिएका छ । आखिर कसरी ?

deepa-shree-niraula

दिपाश्रीले मज्जाको अनलाईसँग भनिन्, ‘मैंले पो यो खबर दिएको निकालेको भन्ने समाचारमा लेखिएको रैछ । यो हेरेर म आफैं छक्क परेको छु । यो कुरा कहाँबाट आयो, मलाई थाहै छैन । राजेश दाईसँग भन्दा पनि मधु भाउजुसँग मेरोे सम्बन्ध राम्रो छ । यस्तो कुरा म कसरी भन्न सक्छु ?’  झुठो खबरले आफुलाई बेकारको तनाब मात्रै दिएका दिपाको गुनासो छ ।

For More videos Log on to Mazzako TV