यो वर्ष रेखाका चार फिल्म : ती कुन कुन हुन् ?
नायिका तथा निर्मात्री रेखा थापाले यो वर्ष चार फिल्ममा अभिनय गर्ने भएकी छन् । बाहिरी ब्यानरका तीन सहित आफ्नै ब्यानरको एक गरी रेखा यो वर्ष चार फिल्मको छायाँकनमा व्यस्त हुनेछिन् । रेखाले यो वर्ष अभिनय गर्ने ती चार फिल्म कुन हुन् त ?
निर्मात्री कृषा चौंलागाईंले निर्माण गर्ने फिल्म ‘पलाँस’मा रेखाले कलाकार कामेश्वर चौरासियासँग स्क्रिन सेयर गर्नेछिन् भने साथी छुल्ठिम गुरुङले निर्माण गर्ने फिल्ममा पनि रेखा भिलेनको भूमिकामा प्रस्तुत हुँदैछिन् । यस्तै नायक सविन श्रेष्ठले निर्माण गर्ने फिल्म ‘हिरो रिटन्र्स’मा पनि रेखा सविनको अपोजिटमा प्रस्तुत हुँदैछिन् । रेखाको डेव्यु फिल्म हिरोको सिक्वेलको यतिबेला रेखाको रोललाई लिएर स्क्रिप्टमा काम हुँदैछ ।
रेखा फिल्मस्ले निर्माण गर्ने फिल्मको छायाँकन भने यो वर्षको मध्यतिर मात्रै सुरु हुनेछ । आफ्नो ब्यानरले हालसम्म निर्माण गरेका फिल्महरु भन्दा फरक शैलीमा नयाँ फिल्म निर्माण गर्ने सोच लिएकी रेखा यतिबेला कथा छनोटमा व्यस्त छिन् ।
गएको वर्षको तुलनामा यो वर्ष रेखा फिल्म निर्माण र अभिनयमा निकै व्यस्त रहनेछिन् । ०७२ सालको अन्त्यमा प्रदर्शन भएको रेखाको निर्माण तथा अभिनय रहेको फिल्म ‘राम प्यारी’ले सफलता पाएको थियो ।
For More videos Log on to Mazzako TV