तपाईको नजिक आँउदैछ ‘कालो पोथी’ : भन्नुस् हेर्ने कति चोटी ?
भेनिस अन्तर्राष्ट्रिफिल्म फेस्टिभलमा क्रिटिक्स तर्फको पुरस्कार जित्न सफल फिल्म ‘कालो पोथी’ले नेपाल प्रदर्शनको मिति तय गरेको छ ।
कर्णालीको मुगु जिल्लामा बस्ने दुई बाल सारथीको कथा र तत्तकालिन द्धन्द्धले उनीहरुको मित्रतामा ल्याउने मोडलाई मुख्य विषय बनाइएको यो अर्गानिक फिल्म यही २१ गतेदेखि प्रदर्शनमा अल नेपाल प्रदर्शनमा आउने सोमबार आयोजित प्रेस मिटमा जानकारी दिइयो । अर्गानिक कथामा बनेको फिल्मलाई मिन बहादुर भामले निर्देशन गरेका हुन् ।
निर्देशक भाम र अभिनाष विक्रम शाहीको संयुक्त पटकथा एंव संवाद रहेको फिल्ममा खडग राज नेपाली, शुक्रराज रोकाय, जितबहादुर मल्ल, हन्सा खड्का, वेनिशा हमाल, नन्द प्रसाद खत्री, विपिन कार्कीर प्रियंका खतिवडाको मुख्य भूमिका रहेको छ ।
आयोजित प्रेसमिटमा निर्देशक भामले नेपाली दर्शकले पनि फिल्मलाई मन पराउने आशा व्यक्त गरे । मुगुका दुई बाल कलाकारहरु खड्गराज नेपाली र शुक्रराज रोकायले फिल्म खेल्दा रमाईलो लागेको अनुभव सुनाए । भेनिसको सफलता संगै दुई दर्जन बढी अन्तर्राष्ट्रिय फेस्टिभलमा सहभागीता जनाइसकेको ‘कालो पोथी’लाई नेपाली दर्शकबाट कस्तो प्रतिक्रिया आउला त ?