सौगातसँग डेटिङ जान चाहन्छिन् ‘गाजलु’ सृष्टि (भिडियो सहित)
पुर्व सिम नेपाल तथा ‘गाजलु’ नायिका सृष्टि श्रेष्ठको ‘ड्रिम ब्वाई’ कस्तो होला ? कस्तो केटा डेटिङको रोजाईमा पर्ला ? मज्जाको अनलाइनसँगको भलाकुसारीमा सृष्टिले यसको कौतुहलता मेटाएकी छन् ।
यात्रा मन पराउने र जहाँपनि रमाउन सक्ने युवा आफ्नो ‘ड्रिम ब्वाई’ रहेको बताउने सृष्टिले डेटिङका लागि भने अभिनेता सौगात मल्ललाई रोजेकी छन् । ‘तपाईंलाई कुन नेपाली नायकसँग डेट मन लागेको छ ?’ भन्ने प्रश्नमा उनले हाँस्दै भनिन्, ‘सौगात मल्ल।’ यसो त उनी अभिनेता मल्लको अभिनयको फ्यान पनि हुन् । अझै सम्म सिङ्गल रहेको दाबी गर्ने सृष्टिले आफुलाई कुनै पनि केटाले प्रपोज गर्ने आँट नगरेको सुनाईन् । ‘खै किन हो मलाई कसैले पनि प्रपोज गर्ने आँट नै गर्दैनन्’, सृष्टिले हाँस्दै भनिन्, ‘कोही घोडा चढेर आए हुन्थ्यो जस्तो लाग्छ ।’
सन् २०१२ की मिस नेपाल सृष्टिले पहिलो पटक फिचर फिल्म ‘गाजलु’मा अभिनय गरेकी हुन् । हेमराज विसीको निर्देशन एंव रोहित अधिकारीको निर्माण रहेको फिल्ममा सृष्टि युवा स्टार अनमोल केसीको अपोजिटमा प्रस्तुत भएकी छन् । फिल्ममा उनको भूमिको पुर्व कुमारीको छ । यही जेठ २८ गतेदेखि प्रदर्शन हुने प्रतिक्षित फिल्म ‘गाजलु’मा अनमोल र सृष्टिसँगै गौरव पहारी, सलोन बस्नेत, मेनुका प्रधान र वरिष्ठ अभिनेत्री गौरी मल्ल पनि विशेष भूमिकामा प्रस्तुत भएकी छन् ।