एक्सन अभिनेता निखिल उप्रेतीले जेठ २ गते आफ्नो जन्मदिन मनाएका छन् । उनी अभिनित फिल्म ‘किङ्ग’को सुटिङ्ग सेट बुढानिलकण्ठस्थित मह स्टुडियोमा फिल्म युनिटसँग निखिलले जन्मदिनको केक काटेका हुन् । चौध वर्ष अगाडी फिल्म ‘पिंजडा’बाट नेपाली फिल्म क्षेत्रमा नायकको रुपमा डेव्यु गरेका निखिल कति वर्ष पुगे होला त ?

Nikhil Uprety

‘म जति देखिन्छु त्यति नै वर्ष पुगे’, उनले हाँस्दै भने, ‘सोह्र वर्षको जस्तो देखिन्न र ?’ निखिलले आफ्नो वास्तविक उमेर भन्न नचाहेपनि गुगल विकिविडयाले भने उनको उमेर ३५ वर्षको देखाउँछ तर उनी ४५ वर्ष नजिकका हुन् ।

Nikhil Uprety Birthday 1

यो उमेरसम्म पहिलो पटक जन्मदिनमा केक काटेको निखिलले खुलाए । ‘पहिलो पटक यसरी केक काटेर जन्मदिन मनाउन पाउँदा निकै नै खुसी लागेको छ, किङ्ग युनिटलाई धन्यवाद ।’

Nikhil Uprety Birthday

फिल्म ‘किङ्ग’का निर्माता जयन श्रेष्ठले अभिनेता उप्रेतीको जन्मदिनको केक काट्ने चाँजोपाँजो मिलाएका थिए । ‘दाईलाई सप्राईज होस् भनेर केक काट्ने योजना बनाएको हुँ’, निर्माता श्रेष्ठले भने ।

Nikhil Uprety 3

‘मह’ स्टुडियोमा अभिनेता उप्रेतीलाई निर्देशक सविर श्रेष्ठ, नायिका वेनिशा हमाल, नायक अनुपविक्रम शाही, जे एस इन्टरटेनमेन्टका प्रस्तुतकर्ता जगन श्रेष्ठ, सिनेम्याटा्ग्राफर संजय लामाले शुभकामना दिदैं गुलियो केक खुवाए । जन्मोत्सवको माहोलमा निकै रमाएका ‘किङ्ग’ स्टारले भने, ‘मलाई गुलियो निकै मन पर्छ ।’

Nikhil Uprety and Benisha and Sabir

Nikhil Uprety Birthday 2

Nikhil Uprety and Anoop Bikram (1)

For More videos Log on to Mazzako TV