नयाँ अभिनेता आर्यन अधिकारी र अभिनेत्री मरिष्का पोख्रेलको मुख्य भूमिका रहेको फिल्म ‘के म तिम्रो होइन र’ शुक्रबारबाट हलमा लागेको छ । फिल्मको कथावस्तु र प्रस्तुती कस्तो छ भन्ने बिषयमा कुरा गरौ ।
aaryan and mariska
आर्यन र मरिष्काको प्रेममा आउने खलपात्र र त्यसमा देखिएको षड्यन्त्र र भिडन्तको कथामा तयार भएको फिल्म हो, ‘के म तिम्रो होइन र’ ।
आकाश अधिकारीले निर्देशन गरेको यो फिल्मलाई सुरेश अधिकारीले निर्माण गरेका हुन् ।

गजब के छ
फिल्मको गजब यसको द्धन्द्धात्मक पक्ष हो । फिल्मको क्लाइमेक्स हेरेर दर्शक अचम्मित हुन सक्छ । फिल्मको क्लाइमेक्समा अभिनेता आर्यन अधिकारीले जुन किसिमको एक्सन गरेका छन् त्यो नेपाली फिल्ममा कमै मात्र देख्न सकिन्छ । आर्यन र मरिष्काको प्रेम कथालाई निर्देशकले रोचक तरिकाले बुनेका छन् । एउटा डिस्कोबाट सुरु हुने प्रेम, विचमा आउने खलपात्र र षड्यन्त्रले कथालाई रोचक तरिकाले बुनेको छ । फिल्मको गीतसंगीत उत्कृष्ट छ । फिल्मको ब्याकग्राउन्ड म्यूजिकमा एलिस कार्कीले राम्रो काम गरेका छन् । दृश्य स्पष्ट छन् । लोकेशन आँखालाई शित्तल दिने खालको छ ।

एउटा एक्सन लभ स्टोरी हेर्न चाहने दर्शकका लागि यो फिल्म उत्कृष्ट बन्न सक्छ ।

कमजोरी पनि होला नि ?
फिल्म भित्र त्यस्ता ठूला कमजोरी छैनन् । निर्देशक, निर्माता, अभिनेता, अभिनेत्रीले राम्रो काम गरेका छन् । तर, केही दृश्यहरु लामो लाग्न सक्छ । पहिलो हाफ केही स्लो छ । केही दृश्यहरु नराखेको भए पनि हुन सक्थ्यो । दोश्रो हाफमा आर्यन र मरिष्काको वरिपरि घुमाएर फिल्मलाई केही लामो बनाइएको छ, जुन आवश्यक थिएन । सामान्य कमजोरी बाहेक यो फिल्ममा ठूला कमजोरी खासै देखिदैन । नयाँ कलाकारको अभिनय, आर्यन अधिकारीको गजबको द्धन्द्ध हेर्न यो फिल्म तपाइले हेर्न सक्नुहुनेछ ।

For More videos Log on to Mazzako TV