निर्माता संघ फुटाउने तयारीमा नवल खड्का
चलचित्र कलाकार संघको अध्यक्ष भैसकेका नवल खड्का अहिले चलचित्र निर्माता संघ फुटाउने अभियानमा सक्रिय छन् । निर्माता संघ ४ बर्षदेखि नविकरण नभएकाले संस्थाको औचित्य नभएको भन्दै नवलले यो अभियान थालेका हुन् ।
नवलका अनुसार निर्माताको हक हितका लागि लाग्नुपर्ने संस्था नविकरण नभएर खारेजीको अवस्थामा पुगेकाले नयाँ संस्था खोल्नुपर्ने भएको हो । अहिले संघको अध्यक्ष पदमा राजकुमार राई छन्, जो विकास बोर्डका पनि अध्यक्ष हुन् ।
राजकुमारले पनि निर्माता संघमा बसेर संझनलायक काम केही गरेका छैनन् । राजकुमारले आर्थिक हिनामिना गरेको आरोप समेत उनले लगाएका छन् । उनका अनुसार कार्यसमितीले भवन निर्माण कोषको २३ लाख हिनामिना गरेको छ । यस्तै, ३ बर्ष अगाडि भएको चुनावमा सदस्यता नविकरण गरेका ८२ कम्पनीको ८ लाख ९ हजार रकम पनि अहिलेसम्म उठेको छैन ।
नवलका अनुसार नयाँ संघका लागि विधान तयार भैसकेको छ र १७ सदस्य कार्यसमिती रहनेछ । यसरि हेर्दा अब निर्माता संघ पूर्ण रुपमा विभाजन हुने अवस्थामा पुगेको छ ।
For More videos Log on to Mazzako TV