चलेका फिल्म पाइरेसीमा, जिम्मेवार को ?
यसै त नेपाली फिल्मले लगानी उठाउन सकेका छैनन् । झन्, फिल्म नेपालमा चलेको केही समयमै धमाधम पाइरेसी हुन थालेपछि निर्माताको हालत के होला ?
अहिले चलेका नेपाली फिल्म धमाधम पाइरेसी हुन थालेका छन् । फिल्म ‘पशुपति प्रसाद’ पाइरेसी भयो । फिल्म पाइरेसी भएपछि फिल्मका कलाकार तथा लेखक खगेन्द्र लामिछानेले ‘पाइरेसी’ बिषयमा लेख नै लेखे ।
त्यसलगतै फिल्म ‘प्रेमगीत’ पनि पाइरेसी भयो । फिल्म अहिले धेरै दर्शकको मोबाइलदेखि ल्यापटपमा छ । अब अर्को सफल फिल्म ‘ड्रिम्स’ पनि पाइरेसी भएको छ । फिल्म मोबाइल र ल्यापटमा भेटिन थालेको छ । फिल्म कहाँबाट कसरि पाइरेसी भयो भन्ने अझै खुलेको छैन ।
फिल्म नेपालमा चलेर ओभरसिजमा चलिरहेको समयमा नेपाली फिल्म लगालग पाइरेसी भैरहेका छन् । जसले ओभरसिजबाट आउने रकमलाई असर गर्छन् । फिल्म ‘ड्रिम्स’ लिएर अहिले निर्माता तथा निर्देशक भूवन केसी र अभिनेता अनमोल केसी विदेशमा छन् ।
For More videos Log on to Mazzako TV