स्टेजमा आफ्नो गायकी भन्दा पनि कम्मर मर्काएरै चर्चामा आएकी गायिका इन्दिरा जोशीले भलै फिल्म नखेल्ने बेला बेलामा बताउ“छिन् । तर, फिल्म ‘फन्को’को एउटा आइटम गीतमा नृत्य गरेर उनले अभिनेत्री बन्ने चाहना त व्यक्त गरिसकेकी छिन् । तर, उनी सफल भइनन् ।
Indira joshi mazzakoonline
यो फिल्मको आइटम गीत पूर्ण असफल भयो । तर, पनि इन्दिराको अभिनेत्री बन्ने सोख मरेको छैन । शनिबार काठमाण्डौको टुँडिखेलमा आयोजना भएको ‘अमरपन्छी’ कार्यक्रममा इन्दिराले प्रस्तुती राख्ने भनेपछि धेरैलाई आशा थियो उनी गीत गाउन उपस्थित हुनेछिन् । तर, त्यस्तो भएन । इन्दिराले आफूले गाएका र अरुका गीतमा नृत्य गरिदिइन् । इन्दिरा नृत्यमा उत्रिएपछि दर्शक निराश देखिए ।

गीतमार्फत हंगामा मच्चाउलिन् भनेकी गायिकाले नृत्य गरिन् र अभिनेत्री बन्ने चाहना देखाइन् । इन्दिराले एउटा गीत गाइन् अरुमा लिप्सिङ गर्दै नृत्य गरिन् । तर, अन्य अभिनेत्रीको भीडमा यी गायिका फिक्का देखिइन् । के इन्दिराले आफ्नो पहिचान विर्सिएर अभिनेत्री बन्न खोजेकी हुन् ।

For More videos Log on to Mazzako TV