काम अनमोलसँग, तर श्रृष्टी चाहन्छिन् सौगातको साथ
अभिनेत्री तथा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ फिल्म ‘गाजलु’बाट फिल्म क्षेत्रमा उदाउँदैछिन् । उनलाई यो फिल्ममा साथ दिएका छन् अहिलेका हट केक अनमोल केसीले ।
तर, श्रृष्टीको नजरमा अनमोल परेनन् । बरु, श्रृष्टी अनमोल होइन अभिनेता सौगात मल्लसँग काम गर्न चाहन्छिन् । मिडियासँगको कुराकानीमा श्रृष्टीले सौगातको अभिनयबाट प्रभावित भएको र उनीसँग काम गर्न चाहेको खुलाईन् । सौगातले काम गरेका ‘लुट, छड्के’ जस्ता फिल्मको नाम लिदै उनले उनको वास्तविक अभिनयबाट आफू अत्यन्त प्रभावित भएको खुलाइन् ।
श्रृष्टीले आफूलाई यस्तै खालका मुभी गर्न मन लागेको भन्दै सौगातको जोडी हुने इच्छा राखेकी छिन् ।
For More videos Log on to Mazzako TV