अभिनेत्री गरिमा पन्तले वैवाहिक जीवनमा वाधिएको केही समयपछि औपचारिक रुपमा यसको उद्घोष गरेकी छिन् । बेल्जियममा बस्दै आएका हरि थपलियासँग गरिमाले केही महिना अगाडि नै बिहे गरेकी थिइन् । तर, उनले आज फेसबुकमार्फत यो कुराको जानकारी गराएकी हुन् ।
garima and marrige
यसै सुअवसर पारेर गरिमाले आफैले अध्ययन गरेको श्री मित्रता उच्च माबी र आफ्नो गावीसी मस्र्याङदी विद्या मन्दिर नीमावीमा आफ्ना पिता इन्द्रबहादुर पन्त र आमा माया पन्तको नाममा ७ लाखको अक्षयकोष खोलेको जानकारी गराएकी छिन् । यो रकम गरिम र जेहेन्दार विद्यार्थीका लागि खर्च गरिने गरिमाको भनाई छ । यो रकम २ विद्यालयलाई आधा आधा हस्तान्तरण गर्ने घोषणा उनले गरेकी छिन् ।

नेपाली फिल्म क्षेत्रमा सक्रिय रहँदा रहँदै अभिनेत्री पन्तले थपलियासँग प्रेम गरेकी थिइन् । यसपछि, उनले केही महिना अगाडि मात्र बिहेको निर्णय गरेका थिए । गरिमा अहिले बेल्जियममै रेष्टुरेन्ट संचालन गरेर बसेकी छिन् ।

For More videos Log on to Mazzako TV