युवामाझ निकै प्रतिक्षित बनेको सिनेमा ‘गाजलु’को नयाँ गीत सार्वजनिक भएको छ । मुस्कुराउनुको कथा बोलको यस सार्वजनिक गीतमा चर्चित संगीतकार कालिप्रसाद बाँस्कोटाको शब्द संगीत रहेको छ भने आवाज सुमन गुरुङ्गको छ । आक्रामक शैलीमा प्रचारलाई अगाडी बढाउदै गरेको निर्माण कम्पनि रोहित अधिकारी फिल्मस् ले रिलिजको काउण्ट डाउन सुरु हुँदै गर्दा सिनेमाको यो मर्मस्पर्शी गीत सार्वजनिक गरेको हो ।

Shristhi Shrestha

युट्युव मार्फत सार्वजनिक गरिएको यो गीतमा चलचित्रका मुख्य कलाकार अनमोल केसी र सृष्टि श्रेष्ठलाई फिचरिङ गरिएको छ । रोहित अधिकारीको निर्माण तथा हेमराज बिसीको निर्देशन रहेको यो सिनेमामा अनमोल र सृष्टिसँगै गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही, विश्व बस्नेत, गौरी मल्ल लगायतको अभिनय रहेको छ । फिल्म जेठ २८ मा रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV