अभिनेत्री रेखा थापाले उनी पछि आएका अभिनेत्रीहरुलाई बहिनी भनेकी छिन् । उनले पछिल्लो समयमा आएका बहिनीहरुसँग आफूले प्रतिस्पर्धा नगर्ने पनि बताइन् ।
Rekha Thapa 8
उनले अवार्ड शोमा सहभागी नहुने बिषयमा कुरा राख्दै पछिल्ला समयमा आएका बहिनीहरुसँग प्रतिस्पर्धा नगर्ने खुलाएकी हुन् । तर, आफ्नो फिल्मका अन्य कलाकार र प्राविधिकले आफूले निर्माण गरेको फिल्मबाट अवार्डमा सहभागी हुन पाएको खण्डमा त्यसमा नरोक्ने पनि उनको भनाई थियो ।

रेखाले कलाकार संघलाई आफ्नो घर पनि भनिन् । नवल खड्का नेतृत्वको कलाकार संघले गर्ने कुनै पनि कार्यक्रममा नदेखिएकी रेखा रामकेशर बोगटी नेतृत्वको कलाकार संघले गर्न लागेको अवार्डको घोषणा कार्यक्रममा भने उपस्थित थिइन् ।

For More videos Log on to Mazzako TV