श्रृष्टीको कुराः कुमारीको कथा ४० बर्षसम्म किन बनेन भन्ने लाग्छ’
पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठले ४० बर्ष अगाडि कुमारीको कथामा फिल्म कुमारी बनेपनि त्यसपछि किन यो कथामा फिल्म बनेर भनेर आश्चर्य व्यक्त गरेकी छिन् । श्रृष्टीले अभिनय गरेको फिल्म ‘गाजलु’ जेठ २८ गतेबाट रिलिज हुँदैछ । श्रृष्टी यो फिल्ममा पूर्व कुमारी यूवतीको भूमिकामा छिन् ।
देवीबाट नर्मल लाइफमा प्रवेश गरेकी यूवती कसरी संघर्ष गर्छे र साथीभाइसँग नजिक हुन्छे भन्ने कथामा यो फिल्म बनेको उनले बताइन् । उनले निर्देशक हेमराज वीसी, छायांकार शैलेन्द्रध्वज कार्कीको कामबाट आफू प्रभावित भएको बताइन् ।
यो फिल्ममा श्रृष्टी अभिनेता अनमोल केसीको जोडी भएर देखिदैछिन् । उनले अनमोलको काम गर्ने शैली मन परेको बताइन् । रोहित अधिकारीले निर्माण गरेको यो फिल्म प्रतिक्षित बनिरहेको छ ।
For More videos Log on to Mazzako TV