नायिका रेखा थापा बाहिरी ब्यानरका फिल्म गर्दिनन् । आफ्नो ब्यानरका फिल्म खेलेर उनी सुपरस्टार छिन् । तर, रेखालाई अब भने बाहिरी ब्यानरका फिल्म खेल्न पनि रुची लागेजस्तो छ ।
rekha and kameswor
सिंगल थिएटरमा सर्वाधिक रुचाइएकी नायिका रेखा थापा र मल्टिप्लेक्समा एउटै चलचित्रबाट रुचाइएका कलाकार कामेश्वर चौरासिया एउटै फिल्ममा देखिने भएका छन् । निर्मात्री कृषा चौलागाइले यी दुई कलाकारलाई एउटै पर्दामा ल्याउन लागेकी हुन् ।  ।

जेठ १ गतेबाट छायांकनमा जाने चलचित्रको नाम ‘पलाँस’ राखिएको छ । ‘ निर्मात्री चौलागाइले फिल्मको बिषयवस्तु अहिले नै खुलाउन नमिल्ने बताइन् । फिल्म ‘रेशम फिलिली’ चलेपछि कलाकार कामेश्वर चौरासियाको चर्चा उचाइमा पुगेको थियो ।  रेखा र उनको भूमिका कस्तो रहने भन्ने केही पनि खुलाइएको छैन ।

फिल्ममा अभिनेता अयुव केसी पनि मुख्य भूमिकामा देखिनेछन् । सुवास कोइरालाले निर्देशन गर्ने यो फिल्मलाई केपी फिल्मस्को ब्यानरमा निर्माण गर्न लागिएको हो । फिल्ममा सुसन प्रजापतिको छायांकन, अर्जुन पोख्रेलको संगीत, सानु कुमार श्रेष्ठको एक्सन रहने कृषाले जानकारी दिइन् । फिल्मको छायांकन विरगञ्जमा गरिनेछ ।

For More videos Log on to Mazzako TV