सुरुवातमै त्यस्तो फिल्म नखेलेको भए सुरविनालाई फाइदा हुन्थ्यो
पहिलो फिल्म ‘झेली’ खेलेपछि अभिनेत्री सुरविना कार्कीको करिअर ओझेलमा पर्यो । यो फिल्ममा सुरविनाले पैसाका लागि आफ्नै साथीको पितासँग सम्बन्ध राख्ने रोल गरेकी छिन् । फिल्मका केही दृश्य उत्तेजक छन् ।
यही दृश्यका कारण सुरविनाको चर्चा नकारात्मक बढी भयो । नेपाली फिल्मबाट यस्ता दृश्य दिने अभिनेत्री बडारिएको अवस्था थियो त्यो । सुरविना पनि त्यही भिडमा परिन् । अहिले उनी त्यो पुरानो इमेजलाई हटाएर नयाँ इमेज बनाउने सोचमा त लागेकी छिन् । ‘नाइके’ फिल्म नचल्नु उनका लागि घाटाको कुरा थियो । अभिनेता आर्यन सिग्देलसँग काम गर्दा पनि उनी चलिनन् ।
फिल्म ‘लुकामारी’मा समावेश एक गीत रिलिज भएपछि उनको प्रशंसा त भएको छ । तर, सुरविनाले सुरुवातमै किन फिल्म छान्न जानिन् भन्ने पनि सुनिएको छ । नेपाली फिल्ममा अभिनेत्रीको अभाव छ । यस्तो अवस्थामा थोरै मात्र राम्रा फिल्म खेलेर प्रवेश गर्ने हो भने धेरैको भविष्य उदाउन सक्छ ।