भदौ महिनामा दर्जन बढी फिल्मको रिलिज छ । दर्शकले करिब ३ हजार रकम फिल्म हेर्नकै लागि खर्च गर्नुपर्नेछ । यही भीडमा अब अर्को एक फिल्म पनि थपिएको छ, ‘छक्का पन्जा’ । यो फिल्मको प्रदर्शन मिति आज तय भएको हो ।
priyanka and deepa
वितरण कम्पनी एफडीसँग सल्लाहा गरेर निर्माताद्धय दीपकराज गिरी र दीपाश्री निरौलाले फिल्मको प्रदर्शन मिति तय गरेका हुन् । यो फिल्म भदौ २४ गते रिलिज हुनेछ । यो मितिमा कुनै फिल्म छैन ।

दीपाश्रीले पहिलो पटक निर्देशन गरेको यो फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, बर्षा राउत, नम्रता सापकोटा लगायतका कलाकार मुख्य भूमिकामा छन् । फिल्मको बिषयवस्तु कमेडी र सोसियल भएको बताइन्छ । फिल्मको प्रदर्शन मिति तय भएपछि दीपा खुबै उत्साहित देखिएकी छिन् ।

For More videos Log on to Mazzako TV