केही दिन अगाडि सार्वजनिक एक कार्यक्रममा अभिनेत्री मलिना जोशीले अभिनेता अनुप विक्रम शाहीसँगको प्रेमलाई स्विकार गरिनन् । तर, धेरै ठाउँमा यी दुइले आफूलाई प्रेमी–प्रेमिका भनेर चिनाएका छन् । कतिपय स्थानमा यी दुइले प्रेमी–प्रेमिका नै भनेर खुल्ला रुपमा तस्बिर भन्दै आएका छन् ।
Aashma Dc
अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसीले पनि प्रेमलाई खुला रुपमा स्विकार गर्दैनन् । तर, संयम र आश्माको डेटिङ हेर्न धेरै कष्ट गर्नुपर्दैन । एक अर्कालाई केयर गर्नेदेखि साथ दिने कुरामा आश्मा र संयम अगाडि छन् । तर, खै यी दुइले प्रेमको बिषयमा चुइकक बोल्दैनन् ।

केही दिन अगाडि एक पत्रिकामा कुराकानी गर्दै अभिनेता संजोग कोइरालाले बर्षा राउतलाई आफ्नी प्रेमिका भन्न सकेनन् । बर्षा र आफ्नो प्रेम गसिप बजारमा आउँदा रमाइलो लाग्ने मात्र उनले भने । बर्षालाई उनले मिल्ने साथीको रुपमा स्थान दिए । जबकी, बर्षा र संजोगको प्रेम कतीसम्म गहिरो छ भन्ने फिल्म नगरिदेखि म्यूजिक नगरिका सबैलाई थाहा छ ।
धेरै कलाकार छन् जो आफ्नो प्रेम हो भन्न सक्दैनन् । तर, डेटिङदेखि फिल्मका अधिकांश कार्यक्रममा एकसाथ पुग्छन् । आखिर, प्रेम गरेपछि गरे भन्न किन डराउँछन् कलाकार ?

For More videos Log on to Mazzako TV