नेपाली फिल्म चलाउन औषी र पूर्णिमा हेरेर बस्ने निर्माता यहाँ धेरै छन् । बरु, २ वटासम्म फिल्म आएको मितिमा जुधाउन तयार हुने, तर विभिन्न सिजनमा फिल्म नै नलगाउने । असारमा पानी पर्छ भनेर फिल्म नै लगाउन हत्तपत्त नमान्ने । Malina Joshi 1

साउनमा पनि कुरा त्यस्तै । तर, भदौको जनैपूर्णिमादेखि तीजसम्म विशेष बन्ने गर्छ निर्माताका लागि । अब, अहिलेसम्मको अवस्था हेर्ने हो भने असार र साउनमा फिल्मको खासै चाप छैन । तर, भदौ लागेपछि मारामार । असार र साउनमा पानी पर्ने भएकाले निर्माताहरु फिल्म चलाउनदेखि छायांकन गर्न पनि डराउँछन् । तर, भदौलाई अहिलेसम्म हेर्ने हो भने पनि हरेक हप्ता फिल्म जुधेका छन् । तीजमा त अहिलेसम्म नै ३ वटा फिल्म छन् । नयाँ थपिने संभावना पनि उस्तै छ ।

खाली समयलाइ सदुपयोग नगर्ने तर, एउटै मितिमा जुधेर आफू आफू नै सकिने यो निर्माताहरुको पुरानो बानी नै हो ।

For More videos Log on to Mazzako TV