श्रीमतीसँग अर्पणको यस्तो चाहना
अभिनेता अर्पण थापा आफ्नो भूमिकामा डुबुल्की मार्छन् । भलै उनले अभिनय गरेका फिल्म खासै सफल छैनन् । उनले निर्देशन गरेको फिल्म ‘मुखौटा’ त झन् डब्बा नै भयो ।
उनै अर्पण अब एक सस्पेन्स फिल्ममा काम गर्दैछन् । यो फिल्ममा उनलाई उनकी श्रीमतीले नै मार्न चाहेको जस्तो लाग्छ ।
अर्पण पर्दामा आफ्नै श्रीमतीले आफूलाई मार्न चाहेको जस्तो शंका गर्छन् र त्यसैअनुसारको व्यवहार देखाउँछन् । अर्पणले बिहे गरेको १० बर्ष भयो । उनका अुनसार उनी र उनकी श्रीमतीविच कुनै पनि खटपट छैन । उनी बिहे गरेपछि जीवन सुखसँग चल्छ भन्ने सोच्छन् र चलेको पनि छ । तर, जब उनले ‘अनागत’ नामक फिल्मको कथा पढे, यसपछि भने उनले विभिन्न कुरा सोचे । फिल्मको पत्रकार सम्मेलनमा उनले पर्दामा आफूलाई आफ्नै श्रीमतीले मार्न लागे जस्तो लाग्ने भएपछि वास्तविक जीवनमा भने कहिल्यै त्यस्तो नहोस् भनेर कामना गरेका छन् ।
मेरो जीवनमा भने यस्तो नहोस् भन्दै अर्पणले कामना गरे । फिल्ममा डुब्ने अभिनेता कतै वास्तविक जीवनलाई संझेर पनि डराउन थालेका त होइनन् ? फिल्मलाई फिल्ममै राख्नु उत्तम होला कि अर्पण जी ?
For More videos Log on to Mazzako TV