नयाँ कथावस्तुमा बन्ने भयो ‘भूँइमान्छे’
नेपाली फिल्मले नयाँ कथावस्तुको खोजी गरिरहेको छ । फिल्म बनाउनेहरु नयाँ नयाँ कथा खोजिरहेका छन् । निर्देशक नवराज वुढाथोकीले यस्तै नयाँ कथामा ‘भूइँमान्छे’ फिल्म बनाउने भएका छन् ।
पोष्टमार्टमको काम गर्ने एक व्यक्तिको जीवनमा आधारित रहेर फिल्म बन्ने भएको छ । रमेश वुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार लगायतका कलाकार फिल्ममा छन् । जेठ १० गतेबाट फिल्म छायांकनमा जानेछ ।
फिल्मले डाक्टर बन्न नसकेर पोष्टमार्टममा काम गर्ने मानिसको मनोविज्ञानलाई उठान गर्नेछ । शैली इन्टरटेन्मेन्टले यो फिल्म बनाउन लागेको हो । फिल्ममा विदुर पाण्डेको छायांकन, अष्ट महर्जनको द्धन्द्ध, कविराज गहतराजको नृत्य निर्देशन रहनेछ ।
For More videos Log on to Mazzako TV