जब हिरोले एक शब्द पनि अंग्रेजी बोलेनन्
प्रश्नर्कता पत्रकारको प्रश्न थियो तपाई एउटा फिल्ममा नेपाली बोल्न नजान्दा निकालिनु भयो । जब, पत्रकारको तर्फबाट यो प्रश्न आयो नयाँ अभिनेता आशिरमान देशराज केही सजग देखिए ।
उनले आफू सो फिल्मबाट नेपाली बोल्न नजानेर भन्दा पनि परिक्षा परेकाले बाहिरिएको बताए । उनका अनुसार फिल्मका निर्मातासँग उनको कुनै लडाई परेको होइन ।
तर, रोचक कुरा के थियो भने प्रश्नकर्ताले अंग्रेजीमात्र बोलेको र नेपाली बोल्न नजानेको भनेर प्रश्न गरेका थिए, आशिरमानले आफ्नो जवाफमा एक शब्द पनि अंग्रेजी शब्द उच्चारण गरेनन् । आशिरमान आफू नेपाली स्पष्ट बोल्न सक्छु भनेर देखाउन चाहन्थे । फिल्म क्षेत्रमा आउँदै गर्दा आशिरमान पनि प्रश्न फेस गर्न माहिर भैसकेका रहेछन् । उनी ग्याङस्टार ब्लूज फिल्मको घोषणा कार्यक्रममा बोल्दै थिए ।
For More videos Log on to Mazzako TV