धेरै मोडल म्यूजिक भिडियोमा काम गरेपछि फिल्ममा आउन चाहन्छन् । फिल्ममा खेलेपछि मात्र स्थापित भइन्छ भन्ने उनीहरुको वुझाई छ । तर, अभिनेत्री अनु शाहको हकमा भने उल्टो भैरहेको छ । फिल्म क्षेत्रमा लागेको लामै समय भएपनि सफलता हात पार्न नसकेपछि अनु अहिले म्यूजिक भिडियोमै व्यस्त छिन् । उनले अभिनय गरेका सबैजसो फिल्म असफल छन् ।
Anu shah
यो बर्षको सुरुवातमा पनि उनले अभिनय गरेको फिल्म ‘बाजीगर’ले हावा खायो । अनु फिल्मको प्रचारमा खासै देखिइनन् । बरु, भिडियोमै काम गर्न व्यस्त देखिइन् । धेरै त भन्छन् तत्काल पैसा आउने भएकाले पनि अनु फिल्म भन्दा भिडियोमा बढी रमाउछिन् । यसैले पनि उनको फिल्म यात्रा पूर्ण रुपमा ओरालो लागेको छ ।

For More videos Log on to Mazzako TV