बलिउडका सफल दुई अभिनेत्री मलाइका अरोरा खान र सोनाक्षी सिन्हासँगै नेपाली फिल्मका ६ चर्चित अभिनेत्रीले जेठ १ गते टुँडिखेल मैदान तताउने भएका छन् । सैनिक श्रीमति संघले जेठ १ गते आयोजना गर्न लागेको ‘अमरपन्छी’ कार्यक्रममा बलिउड र कलिउड नगरिका अभिनेत्रीहरु सहभागी हुन लागेका हुन् ।
Nepali Heroines
अभिनेत्रीहरु रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, सुष्मा कार्की, ऋचा शर्मा र नीशा अधिकारीले आफ्ना चर्चित गीतमा नृत्य गर्नेछन् । अभिनेत्री रेखा थापाले भने महिला शसक्तिकरणलाई क्यानभासमा उतारेर प्रस्तुत गर्न लागेको बताइन् ।

साथै, यो कार्यक्रममा गायिका इन्दिरा जोशीले करिब २५ मिनेट लामो सुरुवाती प्रस्तुती दिनेछिन् । मोडल सहाना बज्रचार्यले कार्यक्रम संचालन गर्नेछिन् । करिब १ करोडको खर्चमा ३ करोड नाफा कमाउने उद्देश्य आयोजकको छ । सम्पूर्ण नाफा रकम भूकम्प पीडितहरुका लागि खर्च गरिने आयोजकले जानकारी दियो ।
Amar Panchhi pgm 1 Rekha Thapa and Nisha Adhikari Rekha Thapa and Priyanka Karki
करिब ६० हजार दर्शकले कार्यक्रम हेर्ने अपेक्षा गरिएको छ । जेठ १ गते शनिबार दिउँसो ३ बजेबाट टुँडिखेलको गेट खुल्ला हुनेछ । दर्शकले ५ सयदेखि ७ हजारसम्मका टिकट खरिद गर्न सक्नेछन् ।

मलाइका र सोनाक्षी वैशाख ३१ गते नेपाल आउने कार्यक्रम छ । उनीहरु करिब डेढ दर्जन क्रिउका साथ नेपाल आउनेछन् । Desal Lama Priyanka Karki Sushma Karki

For More videos Log on to Mazzako TV