प्रियंकाको नजरमा यसकारण बलिउड अभिनेत्रीको भन्दा कमजोर नेपाली अभिनेत्रीको नृत्य
स्टेज कार्यक्रम होस् या टेलिभिजन । जब, बलिउडका हट डीभाहरु स्टेजमा नृत्य गर्छन्, मन नै चंगा हुन्छ । अनी, तीनै डीभाहरुको तुलना नेपाली अभिनेत्रीसँग हुन्छ । नेपाली अभिनेत्रीले देश वा विदेशमा हुने कार्यक्रममा गर्ने नृत्य फिक्का देखिएको भन्दै आलोचना गरिन्छ ।
तर, अभिनेत्री प्रिंयंका कार्कीलाई लाग्छ, नेपाली अभिनेत्रीहरु नृत्य गर्न कमजोर छैनन् । बलिउडका कार्यक्रममा अभिनेत्रीको नृत्य भन्दा त्यहाँको स्टेज, लाइट, कोरस र साजसज्जा उत्कृष्ट भएको हो । यस्तो मञ्च पाएको खण्डमा आफूहरु पनि बलिउड डीभारुलाई टक्कर दिने शैलीमा नृत्य गर्न सक्ने प्रियंंकाको भनाई छ ।
प्रिंयंका देश तथा विदेशमा आयोजना हुने अधिकांश कार्यक्रममा सहभागी हुने अभिनेत्रीमा पर्छिन् ।
For More videos Log on to Mazzako TV