अभिनेत्री मरिष्का पोख्रेलको चर्चा अहिले खुबै छ । फिल्म ‘के म तिम्रो होइन र’मा काम गरेपछि मरिष्का चर्चामा आएकी हुन् । उनको साथमा नव–अभिनेता आर्यन अधिकारी पनि उचाइमा छन् । उनलाई लिएर फिल्म बनाउन चाहनेहरुको संख्या कम छैन ।

aaryan and mariska
वैशाख ३१ गतेबाट रिलिजमा आउने  यो फिल्ममा आर्यन र मरिष्काको जोडी सुहाएको प्रतिक्रिया धेरैले दिएका छन् । मरिष्का यो फिल्ममा आफू बब्ली क्यारेक्टरमा देखिएको बताउँछिन् ।

मरिष्कामा अनुसार यो फिल्ममा उनी आमाकी प्यारी छोरी छिन् । जसको प्रेम आर्यनसँग हुन्छ । आकाश अधिकारीले  निर्देशन गरेको यो फिल्ममा सुरेश अधिकारीको लगानी छ ।

मरिष्काले अडिसन दिएपछि आकाशले एकै नजरमा उनलाई मन पराएका थिए । फिल्मको ट्रेलर रिलिज भएपछि आर्यन र मरिष्काको अभिनयको चर्चा भएको छ ।

यो फिल्मको ट्रेलरमा आर्यनको द्धन्द्धात्मक अवतारले प्रशंसा नै मरिष्का र आर्यनको सुहाएको जोडी, नायिका मन परेको थियो आकाशलाई पाएको छ । आर्यन पनि प्रतिक्रियाले दंग छन् ।

For More videos Log on to Mazzako TV