भूमिका परिवर्तन गर्दै आर्यन, बाबु र छोरा आफै बन्दा कस्तो भयो ?
नेपालमा फरक गेटअपमा फिल्म खेल्ने कलाकारको अभाव छ । सधै उस्तै गेटअप र उस्तै भूमिकामा देखिने कलाकार लामो समय टिकेका छैनन् । धेरै फिल्म खेल्नु मात्र सफलता होइन, छाप छाड्न लायक काम गर्नु ठूलो कुरा हो ।
अभिनेता आर्यन सिग्देल सुरुमा फिल्म नगरिमा प्रवेश गर्दा ‘चकलेटी’ भनेर चिनिए । तर, लामो समयसम्म एउटै क्यारेक्टर गर्दा आर्यन देखेर दर्शक पनि दिक्क माने र उनको फिल्म असफल हुन थाले ।
आर्यनले सायद यो कुरा वुझे होलान् । २ पटकसक्म अमेरिकाको भीसा लगाउँदा पनि नलागेपछि आर्यन केही फेरिए । उनले अब भने भूमिका र गेटअप हेर्न थालेका छन् । माघमा चलेको फिल्म ‘क्लासिक’मा आँखा नदेख्ने यूवकको भूमिकामा देखिएका आर्यन जेठ ७ गतेबाट रिलिज हुने फिल्म ‘होमवर्क’मा दोहोरो भूमिकामा छन् ।
आज आयोजना गरिएको पत्रकार सम्मेलनमा पुगेका आर्यनले बाबु र छोराको भूमिका गर्न गाह्रो भएको बताए । एकछिनमै बाबु र एकछिनमै छोरा बन्नुपर्ने भएकाले पनि अप्ठ्यारो भएको आर्यनको भनाई थियो । आर्यनलाई फिल्ममा नम्रता श्रेष्ठ र गौरी मल्लले साथ दिएका छन् ।
फिल्म ‘कुसुमे रुमाल २’ बनाएपछि लामो समय मौन बसेका निरकले लामो समयको होमवर्क पछि यो फिल्म बनाएको बताए । कार्यक्रममा फिल्ममको गीतसंगीत र ट्रेलर देखाइएको थियो ।
साथै फिल्मको शिर्षकमा सय शब्दमा निवन्ध लेख्नेमध्ये एकलाई एक बर्षको फिस तिरिदिने घोषणा पनि फिल्म यूनिटले गरेको छ । गोपिकृष्ण मुभिजले फिल्मलाई निर्माण गरेको हो ।
For More videos Log on to Mazzako TV