‘नायिका जी कति बर्ष पुग्नु भो ?’ पत्रकारको प्रश्नमा नायिका जेनिशा केसीले भनिन्, ‘म भर्खरै सोह्र पुगेर सत्र लागें ।’ उनले यति भनिसकेपछि उनको जन्मदिन मनाउन उपस्थित सबै मज्जाले हाँसे । हासो निकै बेर गुञ्जिईरहयो । बैशाख २० गते यि नायिका केसीले आफ्नो जन्मदिन मनाईन् । साँझ ८ बजेपछि उनले दिएको जन्मदिन बिषेश पार्टीमा उनका नजिकका आफन्त, साथीभाई र केही सिमित पत्रकारहरुको मात्रै उपस्थ्तिी थियो । सिनेमा क्षेत्रका केहीपनि कलाकारहरुको उपस्थ्तिी देखिएन् ।

Jenisha KC 3

जेनिशाको बर्थ डे पार्टीमा पुर्व प्रधानमन्त्री झलनाथ खनाल आउने भनेर जेनिशाले पत्रकारहरु बोलाएपनि विशेष कारणवश खनाल आउन नसकेको जानकारी कार्यक्रममा गरियो । ‘उहाँ विशेष कारणवश आउन सक्नु भएन, उहाँको तर्फबाट म नै सरी माग्छु’ जेनिशाले सुनाइन् । तर उनको बर्थ डे पार्टीमा उनले निकै मुल्यवान उपहार भने पाईन् ।

Jenisha KC 4

विराटनगर गृह जिल्लाका व्यावसायी मञ्जिर हुसेनले उनलाई झण्डै दुई तोलाको ब्रासलेट जन्मदिनको उपहार स्वरुप दिए । काठमाण्डौंमा ६ वटा मेनपावर कम्पनीका सञ्चालक हुसेनले जेनिशा आफ्नो पहिल्यै देखिको साथी भएको बताए । करोडपति उनले भने, ‘उस्को परिवारसँग पनि मेरो राम्रो सम्बन्ध छ ।’

Jenisha KC 5
यसअघि कहिल्यै मिडियालाई निम्तो दिएर जन्मदिनको केक नकाटेकी जेनिशाले आगामी दिनमा अझै राम्रो काम गर्न बाँकी रहेको बताईन् । उनी अभिनित फिल्म ‘एक्सन’ प्रदर्शनको संघारमा रहेको छ ।

Jenisha KC 1

Jenisha KC 2

For More videos Log on to Mazzako TV