‘किन गरे माया’को कर्णप्रिय गीत, तर ‘औजार’का लागि पारिएको थियो तयार
फिल्म ‘किन गरे माया’मा समावेश ‘तिमी मेरो जिन्दगीको’ बोलको गीत रिलिज भएको छ । यो गीत सुरुमा संगीतकार बसन्त सापकोटाले फिल्म ‘औजार’का लागि तयार पारेका थिए । तर, पछि ‘औजार’ फिल्म छायांकनकै क्रममा अड्किएर तयार नभएपछि निर्माता दिलकुमार प्यासीले आफ्नो नयाँ फिल्ममा यो गीत राखेका हुन् ।
गीतमा राजेशपाल राई र माण्डवी त्रिपाठीको स्वर छ । गीत निकै कर्णप्रिय छ । फिल्ममा आयुष रेग्मी, सन्जु सिलवाल, सरु घलान, हरिस तिमिल्सिना, सुष्मा कार्की, रश्मी भट्ट, दिलकुमार प्यासीको मुख्य भूमिका छ । फिल्मलाई रमेश बोगटीले निर्देशन गरेका हुन् । यो फिल्म जेठ १४ गतेबाट रिलिज हुँदैछ । गीतमा मनोज हमाल र सुरेश पाण्डेको कोरियोग्राफी छ ।