फिल्म ‘हाउ फन्नी’मा तपाइले अभिनेत्री प्रियंका कार्कीलाई सामान्य गाउँले यूवतीको भूमिकामा देख्नु भएको होला । तर, यो फिल्ममा प्रियंका कार्कीको सामान्य भूमिका मात्र छैन । यो फिल्ममा प्रियंकाले हट नृत्य पनि गरेकी छिन । priyanka-karki-2

डिस्को गीतमा प्रियंकाले छोटो पहिरन लगाएर डिस्कोमा नृत्य गरेकी छिन् । फिल्म रिलिज भएको करिब ४ दिनपछि फिल्मको निर्माणपक्षले यो गीत सार्वजनिक गरेको छ । फिल्मको यो गीतमा प्रियंका र केकी अधिकारीलाई फिचरिङ गरिएको छ ।

निलु डोमा शेर्पाले निर्देशन गरेको यो फिल्मलाई पूर्व मिस नेपाल माल्भिका सुब्बाले निर्माण गरेकी हुन् । माल्भिकाले वैशाख २ गते छोरालाई जन्म दिएकी छिन् ।

For More videos Log on to Mazzako TV