४ महिना भन्दा बढी अमेरिका बस्दैनन् रमित
अभिनेता रमित ढुंगाना लामो समयदेखि अमेरिकामा नै बसोबास गर्दै आएका छन् । उनको परिवार सबै अमेरिकामा नै छ । तर, रमित आफू भने अमेरिकामा ४ महिना भन्दा बढी नबसेको बताउँछन् । अमेरिका आफू काम गर्न नभएर घुम्न मात्र जाने गरेको बताउँछन् । आफूले कला र संकृतीको माया मार्न नसक्ने रमितको धारणा छ । रमितका अनुसार उनी ४ महिना मात्र अमेरिका बस्छन् र नेपाल आउँछन् । अमेरिका पुगेर काम नगर्ने उनले बताए ।
चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ निर्माण गरेका रमित यो फिल्मले नेपालीहरुले विदेशमा कसरी नेपालमा जन्मिएका बुद्धको बारेमा भ्रम छरेका छन् भन्ने देखाउने बताए । उनका अनुसार फिल्म निर्माण गरेर आफूले बुद्ध बारेको भ्रम चिर्न खोजेको उनको भनाई छ ।