पहिलो नमुना बस्ती निर्माण गरेर सफल भएका चर्चित हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे अब दोश्रो नमुना बस्ती निर्माणमा लागेका छन् । भूकम्प गएको एक बर्षकै दिन उनीहरुले दोश्रो एकिकृत नमुना बस्तीको शिलन्यास गरे । बिहान ११ बजेर ५६ मिनेटमा मेलम्ची, ८ गिरानचौरमा यो बस्तीको शिलन्यास भयो । यहाँ ६५ परिवारका लागि करिब ६ महिनाभित्र एक घर, एक धारो, एक चर्पी, एक वगैचा सहितको संरचना निर्माण गर्ने सितारामको भनाई छ ।
dhurmus-suntali-new-namuna-basti-10
यो बस्तीलाई पर्यटकको आकर्षक बनाउने योजना पनि उनको छ । साथै, बालमैत्री, बातावरणमैत्री पनि बनाउने तयारी गरिएको छ । आफ्नो फाउण्डेशनमा रकम नभएपनि सबैको सहयोग हुने अपेक्षासहित बस्ती निर्माण थालेको उनले बताए । साढे ३ करोड लगानीमा यो बस्ती तयार गर्ने उनको योजना छ । तर, फाउण्डेशनको खातामा १ लाख ७४ हजार मात्रै रहेको उनले सुनाए । उनले सबैलाई यो सहयोगमा साथ दिन आग्रह गरेका छन् ।

सरकारले पूर्ननिर्माणको चर्को नारा लगाएपनि काम सुरु गर्न सकेको छैन । तर, सिताराम र कुञ्जनाले भने काम गरेर देखाइसकेका छन् । यसैले, अहिले पूननिर्माणमा यो जोडीले सरकारलाई नै जित्छ कि भन्ने चर्चा समेत सुरु भएको छ ।

For More videos Log on to Mazzako TV