फिल्म निर्माण तथा निर्देशनमा समेत सक्रिय आकाश अधिकारी समाजसेवामा पनि उस्तै क्रियाशिल छन् । उनले आफ्नो सामाजिक संस्था ‘आशाको ज्योती नेपाल’मार्फत नुवाकोटको थान्सिङ्ग, ५ मा पक्की ५ कोठे विद्यालयको भवन निर्माण गरेका छन् । श्री कालिका देवी प्राथमिक विद्यालयको उक्त पक्की भवनलाई निर्देशक अधिकारीले शनिबार हस्तान्तरण गरे । विद्यालय भवन निर्माणमा आशाको ज्योती नेपाललाई ग्लोबल रिच इन्टरनेश्नल आइएनसी, न्यूजर्सीले सघाएको छ ।
aaksh adhikari
विद्यालय हस्तान्तरण कार्यक्रममा समाज सेवी अधिकारीले भने, ‘भोलिका कर्णधार बालबालिका विद्यालय जानबाट वञ्चित होलान् भनेर यो विद्यालयको भवन निर्माण गरेको हुँ । राजनीति गर्न या नाम कमाउन यसो गरेको होइन ।’ आकाशले कार्यक्रममा विद्यार्थीप्रति शिक्षाक र अभिभावक दुवै जिम्मेवार हुनु पर्ने समेत बताए । दोश्रो विद्यालय हस्तान्तरण गर्दै उनले आगामी दिनमा आफ्नो संस्थाले अन्य भूकम्पबाट क्षति हुन गएका पाँच ठाउँमा प्रा.वि तहका विद्यालय निर्माण गर्ने समेत खुलाए ।

शिशुदेखि पाँच कक्षासम्म पढाई हुने कालिका देवि प्रा.विमा करिब ७० जना विद्यार्थीहरु अध्यनरत छन् भने चार जना शिक्षाक तथा शिक्षिका छन् । थान्सिङ्गको विद्यालय हस्तान्तरण कार्यक्रममा राजधानीबाट सञ्चारकर्मी को साथमा ‘के म तिम्रो होइन र’ का अभिनेता आर्यन अधिकारी, अभिनेत्री मरिस्का पोखरेलका साथै आशाको ज्योती नेपालका कोषाध्यक्ष मधु क्षेत्री र सचिव संगीता क्षेत्रीको पनि सहभागीता रहेको थियो । आकाश अधिकारी निर्देशन गरेको आर्यन र मरिस्काको शिर्ष भूमिका रहेको फिल्म ‘के म तिम्रो होइन र’ यही बैशाख ३१ गतेदेखि प्रदर्शनमा आउँदैछ । उनीहरुले त्यहाँका स्थानियलाई फिल्म हेर्ने निम्तो समेत दिए ।

For More videos Log on to Mazzako TV