याद छ सुमिनाको अंग्रेजी, प्रियंकाले गरिन् यसरी व्यङ्ग्य
सायद, नेपाली फिल्मको बारेमा धेरै चासो राख्ने दर्शक र नेपाली फिल्मका पत्रकार र फिल्मीकर्मीले मात्र अभिनेत्री प्रियंका कार्कीले ‘हाउ फन्नी’मा बोलेको एउटा संवाद वुझे होलान् । तर, अभिनेत्री कार्कीले बोलेको संवाद सोझै अर्की एक अभिनेत्रीमाथि ब्यङ्ग्य हानिएको छ ।
यो फिल्ममा जब पर्दामा प्रियंकालाई देखाइन्छ, यही संवादका साथ देखाइन्छ । उनले अंग्रेजीमा अवार्ड पाएपछि कसरी बोल्छु भनेर खरर अंग्रेजी बोल्छिन् । उनले बोलेको संवाद अभिनेत्री सुमिना घिमिरेले केही बर्ष अगाडि सोल्टी होटलमा आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा डेब्यू अभिनेत्रीको अवार्ड पाएपछि बोलेकी थिइन् । उनको सो अंग्रेजी सम्बोधनलाई सर्वाधिक खराब मानिएको थियो ।
घरबाट पूर्ण रुपमा घोकेर आएर उनले त्यो संवाद बोलेकी थिइन् । निर्देशक निलु डोमाले फिल्म ‘हाउ फन्नी’मा सुमिनाको सोही खराब अंग्रेजी समावेश गरेकी छिन् । सायद, सुमिनाले यो फिल्म हेरिन् भने यसबारेमा कुनै प्रतिक्रिया देलिन् ।
For More videos Log on to Mazzako TV