‘बाजीगर’मा हेर्नुहोस् ‘शुक्रबार’ गीत
वैशाख १७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘बाजीगर’मा समावेश ‘शुक्रबार’ बोलको गीत रिलिज भएको छ । मस्ती मुडमा रहेका केही यूवाले गाउने यो गीतमा राजेशपायल राइले आवाज भरेका छन् । बसन्त सापकोटाको संगीत रहेको गीतमा एकनारायण भण्डारीको शब्द छ । रंजित रानाले निर्देशन गरेको यो फिल्मलाई शेखर कोइरालाले निर्माण गरेका हुन् । फिल्ममा जीवन लुइटेल, संंजोग कोइराला, अनु शाह मुख्य भूमिकामा छन् । सार्वजनिक भएको यो गीतमा कविराज गहतराजको कोरियोग्राफी, मदनकाश्यप घिमिरेको छायांकन छ ।