द्धन्द्धात्मक फिल्ममै जम्न चाहन्छन् आर्यन
सिक्स प्याक शरीर बनाएर फिल्म नगरिमा छिरेका अभिनेता आर्यन अधिकारीको अहिले खुबै चर्चा छ । आर्यनको शरीर र उनको द्धन्द्धको चर्चाले अहिले सबैतिर तारिफ पाएको छ । आर्यन पनि यही तारिफले दंग छन् ।
आर्यन के अब फिल्म क्षेत्रमा द्धन्द्धात्मक पाटोमै जम्न चाहन्छन् त, उनले यसलाई स्विकार गरे । हरेक मानिसले कुनै न कुनै खालको इमेज बनाउन चाहेको भन्दै आर्यनले आफू पनि द्धन्द्धको पाटोबाट इमेज बनाउन चाहेको बताए ।
आर्यनले आफ्नो अर्को प्रोजेक्टको बारेमा नखुलाएपनि त्यो फिल्म पनि एक्सनकै वरिपरी घुम्ने बताए । वैशाख ३१ गतेबाट चल्ने फिल्म ‘के म तिम्रो होइन र’बाट आर्यनको एक्सनको चर्चा खुबै छ । उनले पनि यो फिल्ममा खुबै मिहिनेत गरेको बताए । तर, आफूले तेश्रो प्रोजेक्टबाट भने द्धन्द्ध मात्र नभएर अरु पाटो पनि समात्ने आर्यनको भनाई छ ।
For More videos Log on to Mazzako TV