बल्ल ड्रेस लगाउन जानिन् नीशाले
अभिनेत्री नीशा अधिकारीको ड्रेस सेन्सको त के कुरा गर्ने । यीनले कहिल्यै राम्रो पहिरन लगाइन् भनेर चर्चा हुँदैन । तर, फिल्म ‘हाउ फन्नी’को प्रिमियरमा उपस्थित नीशाको पहिरनले भने धेरैको ध्यान खिच्यो ।
सेता लामो पहिरनमा पुगेकी नीशालाई यसपटक भने सबैले ध्यान दिएर नजर लगाएका थिए । मिडियाका क्यामेरा पनि नीशाको तस्बिरमा आकर्षित देखिए । नीशामा पनि खुबै आत्मविश्वास देखियो ।
सधै आफूलाई नसुहाएका सामान्य पहिरन लगाएर पुग्ने नीशालाई धेरैले अभिनेत्री जस्तो नै लाग्दैन भन्थे । यसपटक भने नीशा हिरोइन देखिइन् ।
For More videos Log on to Mazzako TV