‘हाउ फन्नी’ले दर्शक कती हसाँयो ?
दर्शकलाइ खुबै हसाँउछ भनेर प्रचार गरिएको फिल्म ‘हाउ फन्नी’ले के साच्चै दर्शक हसाँउला ? वुधबार बेलुकी काठमाण्डौको कुमारी हलमा यही प्रश्नको उत्तर खोज्न पुगे, पत्रकार र फिल्मीकर्मी ।
निलु डोमा शेर्पाको निर्देशनमा तयार भएको यो फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, दयाहाङ राई, अनुप विक्रम शाही मुख्य भूमिकामा छन् । फिल्म हेर्नका लागि ऋचा शर्मा, पूजा शर्मा, आर्यन सिग्देल, दीपकराज गिरी, दीपाश्री निरौला, सहाना बज्रचार्य, जेनिशा मोक्तान लगायतका चिनिएका अनुहार पनि पुगे ।
दुई यूवतीको चुलबुले शैली र जासुस बनेर गर्ने कामलाई फिल्ममा देखाइएको छ । धेरैले फिल्मको कमेडी पाटोलाई राम्रो भने । कतिपयले फिल्म केही स्लो भएको बताए ।
For More videos Log on to Mazzako TV