रेनशालाई कसले सक्ने फेसनमा ?
झट्ट हेर्दा यी यूवती कुनै फिल्मकी अभिनेत्री जस्तै लाग्छिन् । तर, उनलाई दर्शकले पर्दामा देखेका छैनन् । उनले सिकाएर धेरै अभिनेता र अभिनेत्रीले पर्दामा नाँचेका पनि छन् । उनी हुन् रेनशा वान्तवा राई ।
अधिकांश फिल्मका कार्यक्रममा रेनशा सहभागी हुन्छिन् । विशेषगरि, फिल्मका प्रिमियरमा पुग्ने रेनशाको पहिरन कुनै अभिनेत्रीको भन्दा कम हुँदैन । पहिले पहिले उनको पहिरन खुबै आकर्षक हुन्थे । अहिले त आकर्षकसँगै खुल्न पनि थालेका छन् ।
रेनशा कार्यक्रममा पुग्दा पहिरनमा खुबै चुजी देखिन्छिन् । कपालको स्टाइलदेखि ओठमा लगाउने लिपिष्टिक र जुत्तासम्म उनले ध्यान दिएर लगाएकी हुन्छिन् । धेरै अवस्थामा त अभिनेत्री पनि उनको फेसनको अगाडि फेल हुन्छन् ।
For More videos Log on to Mazzako TV