चलचित्र होमर्ककको  टिजर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । छायाँकन समयबाट नै चर्चामा रहेको चलचित्र होमवर्क जेष्ठ ७ गतेबाट प्रदर्शन हुनेछ । नेपाल चलचित्र विकास कम्पनी एनएफडिसीको प्राविधिक सहकार्यमा गोपीकृष्ण मुभिज प्रा.लिले निर्माण गरेको चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन । यस अघि चलचित्र कुसुमे रुमाल २ निर्देशन पछि लामो समय होमवर्क गरेर निरकले चलचित्र होमवर्क निर्देशन गरेको बताउँछन् ।
aaryan in homwork
सार्वजनिक सामग्रीले उनको होमवर्क कडा नै थियो भन्ने देखाउँछ । सही तरिकाले होमवर्क गरेमा सहजै गन्तव्यमा पुग्न सकिन्छ भन्ने मान्यताका साथ निर्माण गरिएको चलचित्रको विषय शिक्षासँग रिलेटेड छ । चलचित्रमा आर्यन सिग्देल दोहोरो भुमिकामा छन् । उनीको एउटा भुमिका बृद्ध गेटअपमा छ । जसले निकै चर्चा समेत पायो । होमवर्कको छायाँकनका क्रममा आकर्षक सेटहरु तयार पारीएको थियो । जसले चलचित्रलाई रिच देखाएको छ ।

यति मात्र होइन २०७३ सालमा प्रदर्शन हुने चलचित्र मध्ये प्रतिक्षित र महत्वपूर्ण मानिएको होमवर्कलाई उत्कृष्ट बनाउन कुनै कम्प्रोमाइज्ड नगरेको निरकको भनाई छ । उद्धब पौड्यालको प्रस्तुतीमा निकीता पौडेल, निरज पौडेल र निरक पौडेलको निर्माण रहेको चलचित्रमा आर्यनका अलवा नम्रता श्रेष्ठ, गौरी मल्ल, विजय लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ । शिवम अधिकारीको लेखन रहेको चलचित्रलाई पुरुषोत्तम प्रधानले छायाँकन गरेका हुन ।

For More videos Log on to Mazzako TV