बक्स अफिस लगाउन हुँदैन भन्दै मन्त्रालय धाउने को हुन् ?
सूचना तथा संचार मन्त्रालयका सचिव दिनेश थपलियाले सोमबार आयोजित कार्यक्रममा फिल्मीकर्मीको ध्यान खिचे । विशेषगरि, उनले राखेको मन्तव्यलाई उपस्थित फिल्मीकर्मीले रुचाए । सोही क्रममा खरो शैलीमा प्रस्तुत भएका थपलियाले बक्स अफिसको कुरा झिके ।
आफूले केही समय अगाडि एक फिल्मी कार्यक्रममा बक्स अफिसको कुरा गर्दा केही हुल फिल्मीकर्मी मन्त्रालय नै आएको बताए । तर, बक्स अफिस लगाउँदा तपाई किन बाठो भएको भन्दै मन्त्रालय आउने मानिसको नाम भने उनले लिएनन् ।
यहाँ त, बक्स अफिस लगाउछु भन्ने वित्तिकै एक हुल मानिस नै मन्त्रालयमा आउने गरेको भन्दै थपलियाले जसले जे भनेपनि अब काम गर्ने उनको भनाई थियो । बक्स अफिसको माग लामो समयदेखि भएपनि चलचित्र विकास बोर्डले लगाउन सकेको छैन । तर, संचार सचिवले भने अब ७ करोड खर्च गरेर २० करोड आम्दानी हुने बक्स अफिस लगाएरै छाड्ने बताएका छन् ।
For More videos Log on to Mazzako TV