‘बाजिगर’बाट जीवनले खेल्लान् बर्षको सुरुवाती इनिङ ?
अभिनेता जीवन लुइटेलको करिअर सुखद चलिरहेको छैन । जीवनले अभिनय गरेका फिल्म लगातार असफल छन् । गत बर्ष जीवन अभिनित कुनै पनि फिल्म चलेन । जीवन अभिनित फिल्म ‘बाजीगर’ वैशाख १७ गतेबाट रिलिज हुने पक्का भएको छ । यो फिल्म रिलिजमा आउने भएपछि जीवनको करिअरको चर्चा पनि सुरु भएको छ ।
शेखर कोइरालाको निर्माणमा तयार भएको यो फिल्मलाई रञ्जिन रानाले निर्देशन गरेका हुन् । फिल्ममा जीवनका साथमा संजोग कोइराला र अनु शाह मुख्य भूमिकामा छन् ।
द्धन्द्ध, संगीत, व्यापार र प्रेमको कथामा बुनिएको यो फिल्म चलेको खण्डमा जीवनको करिअरमा यो बर्ष गतिलो सुरुवात हुनेछ । क्रिकेट प्रेमी जीवनले के यो बर्षको सुरुवातमै गतिलो इनिङ खेल्लान् त ?